धवलागिरी र मालिका गाउँपालिकामा पहिरोमा ज्यान गुमाएकाको परिवारलाई संघिय सरकारद्धारा दुई महिना पछि राहत

म्याग्दी । जिल्लाको धवलागिरी गाउँपालिका र मालिका गाउँपालिकाका बाढी पहिरो पीडित परिवारले दुई महिना पछि संघिय सरकारको राहत पाएका छन् । गत असार २५ मध्यरातमा परेको अविरल बर्षातका कारण गएको बाढी पहिरोमा परेर ज्यान गुमाएका पीडित परिवारले संघिय सरकारबाट सो राहत पाएका हुन् ।

धवलागिरी गाउँपालिकाको मराङ र मालिका गाउँपालिकाको बिममा बाढीपहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई ३५ लाख रुपैयाँ राहत उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालयल,म्याग्दीले जनाएको छ । पहिरोमा परेर मराङमा १९ जनाको मृत्यु ,दुई अझै बेपत्ता छन् भने ,बिममा आठ जनाको मृत्यु ,एक अझै बेपत्ता छन् ।यसैगरी,दुखुबेशीमा दुखु खोलामा आएको बढाीले बगाएर एक महिला बेपत्ता पारिएको छ ।

बाढीपहिरोमा ज्यान गुमाएकाको आफन्तलाई संघिय सरकारले उपलब्ध गराएको राहतलाई प्रजिअ उमाकान्त अधिकारीको नेतृत्वमा बाढीपहिरोमा प्रति मृतक २ लाख रुपैयाँको दरले राहत वितरण गरिएको हो । एकै घरका एकजना भन्दा बढी मानिसको मृत्यु भएमा सुरुको एकजनालाई २ लाख र त्यस पछिलाई प्रति मृतक १ लाख रुपैयाँ उपलब्ध गराउने सरकारको मापदण्ड अनुसार राहत वितरण गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

धवलागिरी र मालिका गाउँपािलकाका जनप्रतिनिधि लगायत स्थानीय तहका कर्मचारीको उपस्थितीमा मृतकका आफन्तमार्फत बैंक खातामा रकम जम्मा गरिएको छ । राहत रकम बुझ्नेमा दुई लाख पाउने ७ परिवार, ३ लाख पाउने ३, चार लाख पाउने १ र पाँच लाख पाउने ३ मध्ये दुई परिवारलाई राहत हस्तान्तरण गरिएको छ । मालिका–७ का एक परिवारका सबै चार सदस्यको ज्यान गएको थियो भने धवलागिरी–६ मराङका मृतकका हकवाला विदेशमा छन् ।

परिवारको सबै सदस्यको मृत्यु भएकाले राहत पाउँदैनन् भने विदेशबाट फर्किएपछि वितरण गरिने जिल्ला विपद् ब्यवस्थापन समितिका संयोजक समेत रहनुभएका प्रजिअ अधिकारीको भनाई छ । दुई महिना वितिसक्दा पनि केन्द्रीय र प्रदेश सकारबाट कुनै राहत नपाएको भन्दै पीडित परिवारले गुनासो गरेका थिए । दरबाङबाट राहत बुझेका जिल्लाको धवलागिरी गाउँपालिका–६,मराङका पहिरो पीडितले केन्द्रीय सरकारले पठाएको राहत पाएको बताउनुभयो । राहत वितरण ढिलाई भएको पीडितले बताउनुभयो । स्थानीय क्लब तथा प्रवासमा रहेका आफन्तहरुको सहयोगमा पाल मुनि गुजारा चलाउँदै आएको उहाँले बताउनुभयो ।

राहत वितरणमा किन ढिलाइ भएको हो भन्ने प्रश्नमा प्रजिअ अधिकारीले तर्किदै भन्नुभयो–‘ प्रक्रियामा थियो ,गृहमन्त्रालयले भर्खरै पठाएकाले सोमबार राहत वितरण ग¥यौं ।,’ प्रदेश सरकारले पनि बाढी पहिरो पीडिका लागि राहत पठाएकोे बताउनुहुँदै सो राहत पनि छिट्टै वितरण गरिने प्रजिअ अधिकारीको भनाई छ ।

बाढी पहिरो प्रभावित क्षेत्रमा पीडित परिवारका लागि प्रदेश र संघिय सरकारले समयमै निर्णय गर्न नसक्दा पुर्नवास तथा पुनस्र्थापनामा अन्योलता सिर्जना भएको एक स्थानीय तहका जनप्रतिनिधिले बताउनुभयो । बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई क्रिया खर्च तत्काल दश हजार रुपैयाँ उपलब्ध गराएको धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन मगरले बताउनुभयो । यसैगरी, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले पीडित परिवारलाई क्रिया खर्च २५ हजार रुपैयाँ उपलब्ध गराइने बताउनुभयो ।

राहत वितरण कार्यक्रममा धवलागिरी गापाका अध्यक्ष पुन मगर, मालिका गाउँपालिका अध्यक्ष रोका मगर, दुवै गाउँपालिकाका उपाध्यक्षद्धय रेशम छन्त्याल, खरमायाँ विटालु, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर, मालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्मा, धवलागिरीका गोपाल पौडेल लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार