धारापानीका बाढी पहिरो पीडित परिवारलाई जिन्सी सामाग्री सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ,धारापानीका बाढी पहिरो पीडित परिवारलाई जिन्सी सामाग्री सहयोग गरिएको छ । बेल्जियममा रहनुभएकी समाजसेवी बिना गौचन ,अनुशा शेरचन थकाली र एकल महिला संघ ,म्याग्दीकी अध्यक्ष तथा समाजसेवी बिमला गौचनको सयुक्त आर्थिक सहयोगमा बाढी पहिरोबाट विस्थापीत परिवारलाई सो जिन्सी सामाग्री सहयोग गरिएको हो ।

संस्थापक अध्यक्ष एवम् समाजसेवी गौचनले सोमबार धारापानीमा एक कार्यक्रमका विच जनप्रतिनिधी ,स्थानीय समाजसेवीको उपस्थितीमा तीस घरपरिवारलाई ८० हजार रुपैयाँ बराबरको जिन्सी सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

पीडित परिवारलाई गाउँपालिकाले पनि सहयोग गरेको भएपनि आफुहरुले पनि जिन्सी सामाग्री सहयोग गरिएको बताउनुभयो ।कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर ,राजनितिक दलका प्रतिनिधि ,समाजसेवी लगायत विभिन्न संघसंस्थामा आवद्ध प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार