नदी कटानले घ्यासीखर्क बस्ती उच्च जोखिममा (तस्बिर सहित)

बेनी । म्याग्दीको दुर्गम रघुगंगा गाउँपालिका–८,घ्यासीखर्क बस्ती उच्च जोखिममा रहेको छ । बस्ती तल रघुगंगा नदी कटानका कारण बस्तीका १७ घर सहित झिँखानी महिला सहकारीको भवन उच्च जोखिममा रहेको छ । अविरल बर्षा पछि असार २५ मा नदीमा आएको बाढीको कटानले गर्दा क्लब भवन ,खेल मैदान बगाएको स्थानिय युवा अंकित पुन मगरले बताउनुभयो ।

नदीको कटानका कारण स्थानीयबासी त्रासमा बस्न बाध्य भएका छन् । नदीले वर्षेनी धार परिर्वतन भएर बग्न थालेका कारण यहाँका गाउँघर नदीले बगाउने भन्दै स्थानीयवासीमा त्रास फैलिएको छ ।
सोही नदीले गत बर्ष रितुङ्ग माविको भवन बगाएको थियो । भने आसपासका क्षेत्रमा ठुलो क्षति पु¥याएको थियो । बस्ती संरक्षण तथा नदी नियन्त्रणका लागि कुनै पहल नभएको भन्दै स्थानीयले गुनासो गरेका छन् । म्याग्दीमा यस बर्ष मात्र बाढी पहिरोले ठुलो मानविय क्षति पु¥याएको छ भने सयौं घर विस्थापित भएका छन् ।

असार २५ देखी यता अविरल बर्षा पछि आएको बाढी पहिरोको कारण कुइनेमंगलेको दुवाडी धार,खरिबोट ,छरी ,पात्लेखर्क लगायत जिल्लाका मराङ,बिम,ताकम,धारापानी,काफलडाडा,देविस्थान ,निस्कोट,अर्मन ,फगाम,काभे्र ,तितर तथा महभिर क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । विस्थापित परिवार स्थानीय तह ,विभिन्न संघसंस्थाको सहयोग तथा आफन्त र छिमेकीकोमा शरण लिएर बसेका छन् ।

तस्बिर : अंकित पुन मगर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार