नाडाल र डोमिनिक थिम फ्रेन्च ओपनको दोस्रो चरणमा

काठमाडौँ। स्पेनिस टेनिस स्टार राफेल नाडाल फ्रेन्च ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन् । सोमबार भएको पुरुष एकल तर्फको प्रतियोगितामा नाडालले बेलारुसका एगोर गेरासिमोभलाई ३-० को सेटमा पराजित गर्दै दोस्रो चरणमा पुगेको हो ।

फ्रान्सको फिलिप चार्टियरमा भएको खेलमा विश्व नम्बर दुई नाडाल ६-४, ६-४ र ६-२ को सोझो सेटमा विजयी भएको थियो । यस्तै, सोमबार भएको अन्य खेलमा तेस्रो वरियताका डोमिनिक थिमले मारिन इलिइलाई ६-४, ६-३ र ६-३ को सेटामा पराजित गर्दै दोस्रो चरणमा पुगेका छन् । यसैगरी, करेन खाचनोभ, गुइडो पेला, क्यास्पर रुउड, जन-लेन्नार्ड स्ट्रफ, पेड्रो मार्टिनेज पोर्टरो, पियरे-ह्यूज हर्बर्टले पनि आ-आफ्नो खेल जित्दै दोस्रो चरणमा पुगेका छन् ।

यस्तै, रसियाका विश्व वरियताको चौथो स्थानमा रहेका डानिल मेदवेदेव हंगेरीका मेर्टन फूकोविक्ससँग ४-६, ६-७९३-७०, ६-२ र १-६ को सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरीएका छन् ।नागरिक खबर/एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार