निस्कोटमा पहिरोले दुई घर विस्थापित ,रेडक्रस र कांग्रेसद्धारा राहत सहयोग (तस्बिर सहित )

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–१,निस्कोटको केशमा पहिरोले दुई घर विस्थापित भएका छन् । अविरल बर्षाका कारण असोज २ गते बेलुकीको समयमा घर माथिबाट खसेको पहिरोले केशका दलप्रसाद पुन र चन्द्रबहादुर पुनको घर पुर्ण रुपमा क्षती पु¥याएको छ ।

पहिरोले घर पुरिदा पुर्ण रुपमा क्षति भएको छ । विस्थापीत परिवारलाई नेपाली कांग्रेस, म्याग्दी प्रदेश सभा ‘ख’ र नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाले राहत सामाग्री सहयोग गरेका छन् ।
पहिरोबाट विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराइएको नेपाली कांग्रेस म्याग्दी ,प्रदेशसभा ‘ख’ तथा रेडक्रस सोसाईटी दरबाङ उपशाखाका सचिव हिरा बहादुर पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार पीडित परिवारलाई रेडक्रसले त्रिपाल ,जिन्सि तथा कांग्रेसले दैनिक उपभोग्य खाद्यान्न राहत सामाग्री सहयोग गरिएको छ ।

विस्थापीत परिवार छिमेकीकोमा बसेका छन् । साथै सोही पहिरोको कारण पाँच घर उच्च जोखिममा रहेका छन् । पहिरोको कारण स्थानिय ओमप्रसाद पुन ,मबहादुर पुन ,निलप्रसाद पुन ,अविकला पुर्जा र शेर बहादुर पुन रहेका छन् ।

राहत वितरणमा सचिव पुन संगै रेडक्रस उपशाखाका निवर्तमान सभापति कृष्णप्रसाद रेग्मी ,नेपाली कांग्रेस प्रदेशसभा ‘ख’ उपसभापति मेक बहादुर पुन ,रेडक्रस विपद व्यबस्थापन उपसमितिका संयोजक छवि विश्वकर्मा, तरुणदल मालिका गाउँपालिका अध्यक्ष राजु जुग्जाली ,कांग्रेस मालिका गाउँपालिकाका कोषाध्यक्ष विरेन्द्र किसान लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार