नेपालमा कोरोना अपडेट : हालसम्मकै धेरै २०२० जना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मात्र हालसम्मकै धेरै २ हजार २० जना नयाँ कोारेना संक्रमित थपिएका छन् ।योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ६१ हजार नाघेको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१,५९३ पुगेको शुक्रबारको नियमित प्रेस व्रिफ्रिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको हो । उहाँका अनुसार १७ हजार ३ सय ८३ जना आइसोलेसनमा उपचाररत छन् ।

थप ८ सय ७१ जना डिस्चार्ज भएका छन् ।योसंगै हालसम्म उपचार पछि निको हुने संक्रमितहरुको संख्या ४३ हजार ८ सय २० पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएसंगै नेपालमा मृतक संख्या ३९० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार