नेपाल मगर संघद्धारा म्याग्दीलाई विपद संकटग्रष्त क्षेत्र घोषणा गर्न माग

बेनी । नेपाल मगर संघ ,म्याग्दीले जिल्लालाई विपद संकटग्रष्त क्षेत्र घोषणा गर्न माग गरेको छ । मगर संघ म्याग्दीले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै म्याग्दीलाई विपद संकटग्रष्त क्षेत्र घोषणा गर्न माग गरेको हो ।

अध्यक्ष डकमाया पाइजाले बुझाउनुभएको ज्ञापनपत्रमा अविरल बर्षातका कारण म्याग्दीमा बाढी परिहोले ठुलो धनजनको क्षति भएको जनाएको छ । म्याग्दीमा ठुलो क्षति हुँदा पनि सिन्धुपाल्चोक र बागलुङलाई जसरी विपद् संकटग्रस्त क्षेत्र घोषणा नगर्नुले म्याग्दीलाई केन्द्र सरकारले हेर्न नजर फरक भएको आभाष भएको मगर संघले जनाएको छ ।

अविरल बर्षातका कारण अन्य जिल्लाको तुलनामा म्याग्दीमा बढी क्षती हुँदा समेत जिल्लालाई विपद संकटग्रष्त क्षेत्र घोषणा नगरिएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । साथै जिल्लाका बाढी पहिरो पीडितको उचित व्यवस्थापन गरी जिल्लालाई तत्काल विपदग्रष्त क्षेत्र घोषणा गर्न मगर संघ म्याग्दीले माग गरेको छ ।

‘गत असार २५ गतेदेखी यता जिल्लाका विभिन्न ठाउँमा गएको बाढी पहिरोको कारण म्याग्दी अति विपद संकटग्रष्त जिल्लाको रुपमा रहेको छ ,’––ज्ञापनपत्रमा भनिएको छ ,‘बाढी पहिरोले जिल्लाको विभिन्न स्थान क्षतविक्षत भएका छन् । सयौं घरबारविहिन भएको र ३० जना बढीले ज्यान गुमाउँदा पनि केन्द्र सरकारले म्याग्दीलाई उपेक्षा गरेको हाम्र्रो बुझाई छ । ,’

यसैगरी ,बाढी पहिरोबाट प्रभावित क्षेत्रमा पीडित परिवारको राहत र उद्धारमा सक्दो सहयोग तथा पहल गर्दै आएको मगर संघ ,म्याग्दीले जनाएको छ । जिल्ला सचिव खम बहादुर थापा मगरले संचालन गर्नुभएको कार्यक्रममा निवर्तमान अध्यक्ष मनप्रसाद थजाली ,उपाध्यक्ष लोक बहादुर पुन मगर ‘लोकेश ’ ,जिल्ला सचिवालय सदस्य रमेश फगामी मगर लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार