नेपाल विद्युत प्राधिकरणमा कुलमानको पुनर्नियुक्तिबारे भएन निर्णय

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको पदावधि समाप्त भएका कुलमान घिसिङलाई सो पदमा नियुक्त गर्ने विषयमा सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेन ।

सोमबारको मन्त्रिपरिषद्ले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरे पनि घिसिङबारे भने निर्णय गरेन ।‘बैठकमा कुरो उठेको थियो । तर प्रधानमन्त्रीले यस विषयमा केकसो हुन्छ कानुनी कुरा बुझौं भन्नुभयो, निर्णय भएको छैन् ,’एक मन्त्रीले भने । स्रोतका अनुसार उर्जामन्त्री वर्षमान पुनले आइतबार नै घिसिङलाई नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद् कार्यालयमा लगेका थिए ।

सोमबारको बैठकले सरकारको प्रवक्ता पनि कसैलाई तोकेको छैन । सरकारको प्रवक्ता रहेका अर्थ एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाको राजीनामा पछि सरकारको प्रवक्ता कसैलाई तोकिएको छैन । ekantipur

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार