पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु

कास्की । गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजा पुतलीबजार १ का ८५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।

सोमबार कोरोना संक्रमण पुष्टि भई प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आइसीयुमा उपचाररत पुरुषको शनिबार बिहान ६स्३२ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो । प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा कोरोनाबाट हालसम्म १० जनाले ज्यान गुमाएका छन् ।यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार