बहराइनमा म्याग्दीका ठकुरी झुण्डिएको अवस्थामा मृत फेला

म्याग्दी । बहराइनमा म्याग्दीका एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको धवलागिरी गाउँपालिका–७,हिलापोखरीका अन्दाजी ४४ बर्षिय डेक बहादुर सेन ठकुरी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

जोहाल कन्ट्रक्सन कम्पनीमा कार्यरत ठकुरी सोमबार दिउसो कम्पनीको रुमको पंखामा कपडाको डोरी पासो लगाएर झुन्डिएको अवस्थामा मृत अवस्थामा फेला परेको त्यहाँबाट याम गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार ठकुरीको शव पोष्ट मार्टमका लागि अस्पताल लगिएको छ । ठकुरी सन् २००६ मा बहराइनमा गएका थिए ।

ठकुरीले डिप्रेसनका कारण आत्महत्या गरेको हुन सक्ने आशंका गरिएपनि आत्महत्या हो या अन्य कारणले मृत्यु भएको भन्ने पुष्टि भइनसकेको गुरुङ्गले जानकारी दिनुभयो । दुई महिना संगै काम गर्ने कम्पनीका साथीलाई कोरोना पोजेटिभ देखिएपछि उनलाई कन्ट्याक ट्रेसिङमा परेर दुई हप्ता सरकारको क्वारेन्टाइनमा राखिएको थियो ।

क्यारेन्टाइनबाट कम्पनीमा फर्किएका ठकुरीले साथीहरुलाई नेपाल जाने बताएका थिए । घर जाने तयारी गरेपनि हवाई उडान बन्द भएकाले ठकुरी काममा पनि नजाने ,कसैसंग नबोल्ने र एकोहोरो टोलाएर एकान्तमा बस्दै आएका थिए । ठकुरीको घरमा एक छोरा र चार छोरी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार