बाढीले बगाएर घाइते रोकाको उपचारका लागि आर्थिक सहयोग

बेनी । खोलामा आएको बाढीले बगाएर घाइते हुनुभएका म्याग्दीको मालिका गाउँपालिका–६, दुखु बेशीका बाल्सिङ्ग रोका मगरको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । स्थानीय मितेरी युवा क्लबको नेतृत्वमा संकलन भएको ३१ हजार रुपैयाँ सहयोग रकम घाइते रोका मगरलाई हस्तान्तरण गरिएको छ ।

क्लब अध्यक्ष राजु जुग्जालीले सती आधारभुत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिमाल गुरुङ्ग लगायतको उपस्थितीमा सो रकम रोका मगरलाई हस्तान्तरण गर्नुभएको हो ।अविरल बर्षातका कारण गत असार २६मा दुखु खोलामा आएको बाढीले बगाएर घाइते हुनुभएका रोका मगरको उपचारका लागि सहयोग अभियान थालिएको थियो ।

उपचारका लागि आर्थिक सहयोग गर्ने सबै सहयोगी दातालाई क्लब अध्यक्ष जुग्जाली मगरले धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । घाइते रोका मगरकी श्रीमती गिता सोही बाढीले बगाउँदा बेपत्ता हुनुहुन्छ । बाढीले बगाएर घाइते हुनुभएका रोका मगरलाई उपचारका लागि हेली मार्फत काठमाडौं लगिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार