मगर संघद्धारा रघुगंगाका बाढी पहिरो पीडितका लागि राहत सहयोग

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाका बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गरिएको छ ।नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको राहतबाट रघुगंगाको वडा नम्बर ८ र वडा नम्बर ६ का बाढी पहिरो पीडित परिवारलाई सहयोग गरिएको हो ।

सो राहत सहयोग मगर संद्ध म्याग्दीकी अध्यक्ष डकमाया पाइजा मगरले वडा नम्बर ८ का वडा अध्यक्ष गमन छन्त्याल र वडा नम्बर ६ का वडा अध्यक्ष मनकुमार शेरपुजालाई हस्तान्तरण गर्नुभएको हो । दुई वटा वडामा बाढी पहिरोबाट विस्थापीत ११ परिवारलाई प्रति परिवार पाँच हजारका दरले र मृतक तीन जनाका परिवारलाई प्रति परिवार दश हजार रुपैयाँका दरले गरी ८५ हजार रुपैयाँ राहत सहयोग वितरण गरिएको छ । राहत सहयोग रकम हस्तान्तरण गर्नुहुँदै बेलायत र हङकङमा मगर संघ मार्फत तथा म्याग्दीमा मगर संघको अगुवाईमा संकलन भएको राहत सहयोग पीडित परिवारलाई वितरण गरिएको बताउनुभयो ।

अविरल बर्षातका कारण रघुगंगा गाउँपालिकाको वडा नम्बर ६मा दुई जनाको मृत्यु भएको थियो भने कुङरुङ ,बारी ठुलो क्षति पु¥याएको छ । यसैगरी वडा नम्बर ८ मा बाढी पहिरोमा एक जनाको मृत्यु भएको छ भने द्धारी ,पात्लेखर्क ,चौराखानी र छरिमा ८ परिवार विस्थापित भएका छन् । यसअघि मगर संघले जिल्लाको अन्नपुर्ण ,धवलागिरी ,मालिका र मंगला गाउँपालिकाका बाढी पहिरो पीडितलाई राहत वितरण गरेको थियो ।

बेनी नगरपालिकाको भकिम्लीमा पीडित परिवारलाई बीस हजार रुपैयाँ राहत वितरण गर्न बाँकी रहेको मगर संघ म्याग्दीले जनाएको छ । जिल्लाभर पाँच लाख बढीको राहत वितरण गरिएको जिल्ला सचिव खम बहादुर थापा मगरले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला सचिवालय सदस्य हिरा बहादुर पुन मगर , जिल्ला समन्वय समिति म्याग्दीका सदस्य तथा मगर संघ म्याग्दीकी सल्लाहकार खिमा पुर्जा ,जिल्ला सचिवालय सदस्य रमेश फगामी मगर ,जिल्ला सदस्य दुर्गा शेरपुञ्जा मगर ,गनमति शेरपुञ्जा मगर र शरिता गर्बुजा मगर लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार