मगर संघ,बेलायतद्धारा पर्वत र म्याग्दी सहित आठ जिल्लाका बाढी पहिरो पीडितलाई साढे ७ लाख सहयोग

म्याग्दी । मगर संघ ,बेलायतले पर्वत र म्याग्दी सहित आठ जिल्लाका बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । नेपाल मगर संघ ,केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा पर्वतका बाढी पीडितलाई पठाइएको ६५ हजार रुपैयाँँ सहयोग रकम वितरण गरिएको छ । मगर संघ ,बेलायतले आठ जिल्लाका बाढी पहिरो पीडितका लागि सात लाख ५५ हजार रुपैयाँ राहत सहयोग नेपाल पठाएको थियो ।

अविरल बर्षातका कारण पर्वतका विभिन्न ठाउँमा गएको पहिरोको कारण विस्थापित १० परिवारलाई बेलायतबाट ६५ हजार र जलजला गाउँपालिकाका उपाध्यक्ष एवम् नेपाल मगर संघकी केन्द्रीय सदस्य सिमा गर्बुजा पुनको अगुवाईमा संकलित ३५ हजार थप गरेर प्रति परिवार दश हजार रुपैयाँका दरले एक लाख रुपैयाँ वितरण गरिएको गाउँपालिका उपाध्यक्ष तथा केन्द्रीय सदस्य गर्बुजा पुनले बताउनुभयो ।

गर्बुजा पुनको पहलमा नेपाल मगर संघ ,पर्वतका उपाध्यक्ष युवराज पुन , ममगर संघ जिल्ला सदस्य तथा जिल्ला समन्वय समिति,पर्वतकी उपप्रमुख यामकुमारी राना मगर , नेपाल राष्ट्रिय मगर संघ ४ प्रदेश सदस्य तथा जलजला गाउँपालिका वडा नम्बर १ का सदस्य युवराज अर्मजा र नेपाल तरुणदल जलजला गाउँपालिका अध्यक्ष प्रकाश पुन मगरले सहयोग गर्नुभएको थियो ।

राहत सहयोग पाउनेमा जलजला गाउँपालिका– १का रेमबहादुर रोका मगर , कुश्मा नगरपालिका–३ का ओम बहादुर थापा मगर , मोदी गाउँपालिका –३ की डल्लु पुन मगर, मोदी गाउँपालिका –३ का ओमप्रसाद पुन मगर , मोदी गाउँपालिका –३ का नवराज पुन मगर , पैयँु गाउँपलिका –३ का कुल बहादुर राना मगर ,पैयँु गाउँपालिका– ६ की कमलादेवी राना मगर ,पैयुँ गाउँपालिका– ४ प्रेम बहादुर थापा मगर ,पैयुँ गाउँपालिका– २ धन बहादुर थापा मगर र विहादी गाउँपालिका– ५ मनु थापा मगर रहेका छन् । बाढी पहिरोका कारण पीडित परिवार विस्थापित भएका छन् ।

पीडित परिवारलाई गाउँपालिका उपाध्यक्ष तथा मगर संघकी केन्द्रीय सदस्य गर्बुजा पुनले नेपाल मगर संघ,पर्वका अध्यक्ष धनबहादुर थापा मगर ,सचिव दुर्गा बहादुर थापा मगर र सदस्य लाल पुर्जा मगर, ममगर संघ जिल्ला सदस्य तथा जिल्ला समन्वय समिति,पर्वतकी उपप्रमुख यामकुमारी राना मगर, नेपाल राष्ट्रिय मगर संघ ४ प्रदेश सदस्य तथा जलजला गाउँपालिका वडा नम्बर १ का सदस्य युवराज अर्मजा र नेपाल तरुणदल जलजला गाउँपालिका अध्यक्ष प्रकाश पुन मगर लगायतको उपस्थितीमा सहयोग वितरण गर्नुभएको हो ।

यसैगरी सोही मगर संघ, बेलायतले म्याग्दीका बाढी पीडित परिवारका लागि दुई लाख २५ हजार ,रोल्पाका लागि ९० हजार ,गुल्मीका लागि ५० हजार ,कास्कीका लागि ४० हजार ,बागलुङका लागि दुई लाख ,स्याङजाका लागि ४५ हजार र तनहुँका लागि ३५ हजार रुपैयाँ गरी सात लाख ५५ हजार रुपैयाँ सहयोग गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार