मराङको जन विकास आधारभुत विद्यालयमा अक्षयकोष स्थापना

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका –६ ,मराङको आरबाङ स्थित जनविकास आधारभुत विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । शनिबार मराङका तीन जनाले आफन्तको स्मृतीमा विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।

धनबहादुर जुग्जालीले श्रीमति र दुई छोरीको सम्झनामा पचास हजार रुपैयाँँको ‘हिरादेबी करिश्मा कन्चन स्मृती अक्षयकोष’ ,भिमप्रसाद जुग्जालीले श्रीमती गौसरा, बुहारी दिमा ,नातिनी दिप्ती र नाति दिवन जुग्जालीको स्मृतीमा पच्चीस हजार रुपैयाँको ‘गौशरा स्मृती अक्षयकोष’ र नाखे गुरुङले स्वर्गिय धर्मपत्नी लालमति गुरुङको सम्झनामा एक लाख रुपैयाँको ‘लालमति स्मृती अक्षयकोष’ स्थापना गर्नुभएको विद्यालयमा प्रअ तिलक गर्बुजाले जानकारी दिनुभयो ।

धनबहादुरका श्रीमति र दुई छोरी तथा भिमप्रसादका श्रीमति,बुहारी ,नातिनि ,र नाति अविरल बर्षातका कारण असार २५ र २६ मा गएको पहिरोमा परेर मृत्यु भएको थियो । अक्षयकोषको रकम मुद्धती खातामा जम्मा गरिने भएको छ । खातामा रहेको सो रकमबाट प्राप्त हुने आम्दानी विद्यालयमा संचालन गरिने अतिरित्त कार्यक्रम तथा विद्यालयमा अध्ययनरत गरिब जेहेन्दार विद्यालर्थीहरुलाई छात्रवृत्तीका लागि प्रयोग गरिने प्रअ गर्बुजाले बताउनुभयो ।

विक्रम संत २०२९ सालमा स्थापना भएको सो विद्यालयमा कक्षा १ देखी ८ सम्म पठनपाठन हुँदै आएको छ । यसैगरी,सोही कार्यक्रममा २०६४ देखी २७३ सम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहनुभएका भुपु अध्यक्ष शान्त प्रसाद पुनलाई विदाई गरिएको छ । प्रअ गर्बुजाको संचालन ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य लोप्रसाद पुन,प्रगती युवा क्लब अध्यक्ष चक्रबहादुर पुन लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार