म्याग्दीमा मनाइयो विपि जयन्ती

म्याग्दी । नेपाली कांग्रेस ,म्याग्दीले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७ औं जन्मजयन्ती मनाएको छ । नेपाली साहित्य र राजनीतिमा विश्वेश्वरप्रसाद कोईरालाले पुर्‍याएको योगदानको स्मरण गरे।

पार्टी कार्यालयमा बुधबार विविध कार्यक्रम गरी मनाइएको जन्मजयन्तीको अवसरमा बोल्ने बक्ताले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विचार र सिद्धान्त अनुसार नै पार्टी संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईराला नेपाली राजनीतिका मात्रै नभएर नेपाली र हिन्दी भाषाका प्रसिद्ध साहित्यकार पनि हुनुहुन्थ्यो । जिल्ला सभापति खम बहादुर गर्बुजा ‘खम्बीर’ले नेपालको राजनितिक तथा सामाजिक परिवर्तनमा बिपीको महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले पार्टीको गतिविधिलाई तिब्रता दिइएको बताउनुभयो । सभापति गर्बुजाले जिल्लामा पार्टीलाई थप बलियो बनाउने अभियानमा सबै क्षेत्रबाट सक्रिय हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।

त्यसैगरी राणा शासन, दोस्रो जनआन्दोलन, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने देखि संविधानसभामार्फत नयाँ संविधान जारी गर्न कांग्रेसले नै नेतृत्व गरेकाले संकटमा कांग्रेसले नै देशको नेतृत्व गर्ने गरेको पूर्व सभापति एवम् संविधानसभा सदस्य रेशमबहादुर बानियाँले बताउनुभयो।

कार्यक्रममा प्रदेश सभा निर्वाचन क्षेत्रीय समितिका सहसचिव देवी बुढा, जिल्ला कार्यसमिति सदस्य याम हर्मेल, तरुण दल अध्यक्ष मुकुन्द छन्त्याल, पूर्व सहसभापति नेत्रबहादुर महत, पूर्व सभापति डा.भुपेन्द्र बहादुर खड्का, बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ लगायतले मन्तब्य राख्नुभएको थियो । पार्टी सभापति गर्बूजाको सभापतित्वमा सम्पन्न कार्यक्रमा स्वागत मन्तब्य माधवप्रसाद रेग्मी र सञ्चालन सचिव क्या. मिनबहादुर कार्कीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार