म्याग्दीमा १ सहित गण्डकीमा २५ जना कोरोना संक्रमित थपिए

बेनी । म्याग्दीमा एक जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र ,पोखरामा गरिएको परिक्षणमा जिल्लाको बेनी नगरपालिका– ३ का ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमित पुरुष छिमेकी मुलुक भारतबाट आएका हुन् । संक्रमित पुरुष बेनीको माउण्ट एभरेष्ट आवासिय माविको क्वारेन्टाइनमा रहेको स्वाथ्य कार्यालय म्याग्दीले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमित ब्यक्तीलाई खुल्ला मञ्च स्थित आइसोलेसन कक्षमा राखिएको छ । यो संगै म्याग्दीमा कोरोना संक्रमितको कुल संख्या ५० पुगेको छ । संक्रमित मध्ये ४९ जना निको भएर घर गएका छन् । यसैगरी क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ६ जिल्लामा २४ जना कोरोना संक्रमित थपिएका छन् ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३५४८ पुगेको छ । थपिएका कोरोना संक्रमित कास्की जिल्ला र लमजुङ जिल्लामा कन्ट्याक ट्रेसिङ मार्फत पहिचान भएका हुन् । अन्य जिल्लाका सबै संक्रमितहरु भारतबाट आई क्वारेन्टाइनमा बसिरहेका रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार