युवा फुटबलर राजेश भारतीय क्लबमा अनुबन्धित

काठमाडौं । नेपाली अण्डर २३ टोलीका फरवार्ड खेलाडी राजेश परियार भारतीय क्लबमा अनुबन्ध भएका छन । नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा टोलीमा रहेका राजेशले भारतको एआरए एफसी अहमदाबादबाट खेल्ने भएका हुन् ।

भारतको बी डिभिजनको आई लिगका लागि अहमदाबादले राजेशलाई अनुबन्ध गरेको हो । राजेशले मंगलबार सामाजिक संजाल फेसबुकबाट आफु अहमदाबादमा अनुबन्धित भएको जानकारी गराएका थिए।

राजेशले प्रतियोगिताका लागि बिहीबार भारत प्रस्थान गर्ने बताएका छन् । एन्फा एकेडेमीका उत्पादन राजेशले गत सिजन न्यूरोड टिम एनआरटिबाट ए डिभिजन लिग खेलेका थिए । गत महिना नेपालका युवा स्ट्राइकर अभिषेक रिजाललाई बी डिभिजनकै क्लब मोहम्मेदन स्पोर्टिङले अनुबन्ध गरेको थियो । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार