रौतहटमा प्रहरीको गाडीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । रौतहटमा प्रहरीको वान टन ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।मंगलबार राति चन्द्रपुर नगरपालिकामा ४ मा २ नम्बर प्रदेश सशस्त्र प्रहरी गणको ना १ ग ४७९ नम्बरको ट्रकले साइकलयात्रीलाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट कटहरिया नगरपालिका ७ का नथुनि देवानको मृत्यु भएको एसपी सिद्धिविक्रम शाहले जानकारी दिए।ुवीरगन्जमा मान्छे छोडेर आएको वान टन ट्रक हो। फर्किने क्रममा चन्द्रपुरमा दुर्घटना भयो उनले भने साइकल चढेका एक जनाको मृत्यु भएको छ ।

त्यस्तै, घाइते हुनेमा कटहरियाकै जगदिश देवान छन्। उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले बतायो। त्यस्तै गाडी र चालक प्रहरी हवल्दार सन्तबहादुर थापा प्रहरीको नियन्त्रणमा छ।सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार