लायन्स क्लब अन्तराष्ट्रियद्धारा म्याग्दीका बाढी पहिरो पीडितलाई ४ लाख रुपैयाँ बराबरको राहत सामाग्री सहयोग (फोटो /भिडिओ सहित)

बेनी । लायन्स क्लब अन्तराष्ट्रियले म्याग्दी र पर्वत बेनीका बाढी पहिरो पीडितलाई चार लाख रुपैयाँँ बराबरको राहत सामाग्री सहयोग गरेको छ । ८० बाढी पहिरो पीडित परिवार मध्य बुधबार बेनी नगरपालिकाका २९ र पर्वत बेनीका ४ परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । प्रति परिवार पाँच हजार रुपैयाँ बराबरको एक थान त्रिपाल, एक थान ब्लाङकेट, एक थान म्याटे«स, एक बोरा चामल, एक केजी दाल, एक केजी चिनी, एक पोका ननु र तेल लगायत दैनिक उपभोग्य खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

सो राहत सामाग्री प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई हस्तान्तरण गर्नुभएको हो । राहत सामग्री हस्तान्तरण गर्दै प्रजिअ अधिकारीले सहयोगी लायन्स अन्तराष्ट्रियलाई धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले राहत सामग्री वास्तविक पीडितको पहिचान गरेर मात्र वितरण गर्नुपर्नेमा जोड दिनुभयो । बाढी पहिरोले म्याग्दीमा ठुलो भौतिक तथा मानविय क्षति पु¥याएको भन्दै पुर्नवास तथा पुनस्र्थापनमा सघाउन सबैलाई आग्रह गर्नुभयो । भिडिओ

सहयोग प्रति धन्यवाद ब्यक्त गर्नुहुँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले वास्तविक पीडित परिवारको पहिचान गरी राहत सामाग्री वितरण गरिने बताउनुभयो । कार्यक्रममा स्पेसल क्याविनेट सेक्रेटीरियल लायन सन्तोष रावल जिल्लाका बाढी पहिरो पीडित परिवारका लागि लायन्स क्लब अन्तराष्ट्रियले चार लाख रुपैयाँ बराबरको राहत सामाग्री सहयोग गरेको बताउनुभयो । उहाँले बाढी पहिरो पीडितका लागि तत्काल जिल्लामा आर्थिक सहयोग संकलन गरी वितरण गरिएको बताउनुभयो ।

रिजन चियर पर्सन लायन लोकेश पुन मगरका अनुसार ८० परिवार मध्य बेनी बुधबार बेनी नगरपालिकाका २९ र पर्वत बेनीका ४ बाढी पहिरो पीडित परिवारलाई सो राहत सामाग्री वितरण गरिएको छ । भने बाँकी मालिका र धवलागिरी गाउँपालिकाका पहिरो पीडित २६ परिवारका लायन्स क्लव अफ म्याग्दी ,दरवाङलाइ जिम्मा दिइएको छ ।

त्यसै गरी मंगला गाउँपालिकाका ६ घरका लागि लायन्स क्लव अफ म्याग्दी, मंगलालाई तथा अन्नपुर्ण गाउँपालिकाका १५ बाढी पहिरो पीडित परिवारका लागि लायन्स क्लव अफ म्याग्दी ,अन्नपुर्णलाइ पठाइएको छ ।कार्यत्रममा कलोष्टर प्रमुख लायन सुनिता केसी र जोन चियर पर्सन लायन ठाकुर प्रसाद शर्मा लागयतको बेनी नगरपालिकाका वडा अध्यक्ष,कार्यपालिका सदस्य तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार