विराटनगरमा कोरोनाले थप एक व्यक्तिको मृत्यु

विराटनगर । कोराना संक्रमण भएपछि विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा चिकित्सकको रेखदेखमा रहेका एक व्यक्तिको सोमबार मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।

भदौ ११ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी १० दिन घरैमा आइसोलेसन बसेका थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई गत शनिबार कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो । उनमा उच्च रक्तचापको समस्या पनि रहेको अस्पतालले जनाएको छ।

उनीसहित कोरोना संक्रमणबाट विराटनगरमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । प्रदेश १ मा संक्रमणका कारण ४३ जनाको मृत्यु भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ। कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार