विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नाघ्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म १० लाख २ हजार ३ सय ८९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

संक्रमितको संख्या ३ करोड ३३ लाख ४ हजार ६ सय ६६ पुगेको छ । त्यसमध्ये २ करोड ४६ लाख ३४ हजार २ सय ९८ जना निको भएर फर्किएका छन् भने ६५ हजार १ सय २९ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा २ लाख ९ हजार ४ सय ५३ र ब्राजिलमा १ लाख ४१ हजार ७ सय ७६ जनाको ज्यान गएको छ । भारतमा ९५ हजार ५ सय ७४ र मेक्सिकोमा ७६ हजार ४ सय ३० जनाको मृत्यु भएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार