विश्व किर्तिमानी पर्वतारोही पुर्जा सहित म्याग्दीका सात जनालाई बिभुषण

म्याग्दी । संविधान दिवसको अवसरमा विश्व किर्तिमानी पर्वतारोही निर्मल पुर्जा सहित म्याग्दीका सात जना राष्ट्रपतिद्धारा विभिन्न पदकबाट विभुषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभुषित हुनेमा विश्वकिर्तिमानी निर्मल पुर्जा ,समाजसेवी तथा पत्रकार सुरत केसी ,विकास थापा थापा मगर,डा. राजन सुवेदी र शिवलाल शर्मा रहेका छन् । भने यसैगरी यसैगरी श्री बक्स गुल्म अर्थुङ्गे,म्याग्दीमा कार्यरत सेनानी सुरेश देवकोटा महापौरख भास्कर र ईलाका प्रहरी कार्यालय, दरबाङमा कार्यरत प्रहरी हवल्दार खड्कसिहं नेपालीलाई नेपाल प्रताप भुषण प्रदान गर्ने घोषणा गरिएको छ ।

८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेर विश्व कीर्तिमान कायम गर्नुभएका नेपाली आरोही पुर्जालाई राष्ट्रपतिद्धारा कीर्तिमय राष्ट्रदीप (चतुर्थ)बाट विभूषितको घोषणा गरिएको हो । सन् २०१२ को डिसेम्बरबाट पुर्जाले हिमाल चढ्न सुरु गर्नुभएको हो । ब्रिटिस सेनामा काम गरिसक्नुभएका पुर्जा म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३ ,दानामा जन्मनुभएको हो । पुर्जाले सात महिनामा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरी विश्व किर्तिमान कायम गर्नुभएको थियो ।

यसैगरी ,विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै म्याग्दीका पत्रकार तथा समाजसेवी सुरत केसीलाई अलङ्कार (यशोवर्दक) पदकले विभूषितको घोषणा गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा केसी विगत ६ महिना देखि म्याग्दीमा निरन्तर रुपमा क्रियाशिल हुनुहुन्छ । डिसिसिएमसीको सदस्य समेत रहनुभएका केसी पत्रकार महासंघ म्याग्दी शाखाका निर्वतमान अध्यक्ष समेत हुनुहुन्छ । केसी कोरोना रोकथामका लागि जिल्लामा अग्रपंक्तीमा रहेर निरन्तर खट्नुभएको छ ।

बेनी नगरपालिका–१ रत्नेचौर स्थायी घर भई हाल गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा कार्यरत विकास थापालाई प्रवल जनसेवा श्री चतुर्थ मानपदवी पदक, जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटमा कार्यरत शिवलाल शर्मालाई राष्ट्रसेवक पदक र धवलागिरी गाउँपालिका –७ ताकम घर भई हाल नेपाल प्रहरीको निरीक्षक पदमा कार्यरत डा.राजन सुबेदीलाई “प्रवल जनसेवा श्री चौथो“बाट विभुषितको घोषणा गरिएको राष्ट्रपतिको कार्यालयद्धारा जारी सूचीमा उल्लेख छ ।

यस वर्षको सबैभन्दा ठूलो मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ डाक्टर सन्दुक रुइतलाई प्रदान गरिने भएको । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउने ब्यक्तीलाई प्रदान गरिने मानपदवीको टुङ्गो लगाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार