सञ्चार उद्यमीको साझा संस्था ‘मिडिया एलाईन्स नेपाल’ गठन

काठमाडौँ । सञ्चार उद्यमीहरुको साझा संस्था मिडिया अलाईन्स नेपाल गठन भएको छ। सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाई सञ्चार उद्यममा देखा परेका साझा समस्या समाधान गर्ने उदेश्यले संस्था गठन भएको हो।

सञ्चार सम्वन्धी नीति र कानुन निर्माणमा उद्यमीको दृष्टिकोण राख्ने, तिनलाई जनउत्तरदायी बनाउने तथा सञ्चार क्षेत्रमा कार्यरत पत्रकार, कर्मचारी र कामदारको हकहित संरक्षणका साथै उद्यमीको लगानी संरक्षणमा पहल एलाइन्सले पहल गर्ने बताइएको छ। सञ्चार उद्यमलाई सेवा उद्योगको मान्यता प्राप्त गर्न एलाईन्सले पहल गर्ने छ।

एलाइन्सले सञ्चार क्षेत्रमा रहेका पुराना र काम नलाग्ने कानुनको राखेजी वा संशोधनका लागि पहल गर्ने बताएको छ। सञ्चार माध्यममा स्वनियमको अधिकार प्रदान गरी आफैले नियमनको व्यवस्था गर्न गराउनसमेत पहल गर्ने संस्थाले उदेश्य राखेको छ।

एउटा सञ्चार गृहममा रकम भुक्तानी नगरी अर्को सञ्चार गृहमा कारोबार गर्ने, सञ्चार गृहलाई भुक्तानी गर्नुपर्ने रकम लामो समयसम्म भुक्तानी नगर्ने व्यक्ति, संस्था वा निकायलाई कालोसूचीमा राख्ने व्यवस्थाको लागि संस्थाले पहल गर्ने जनाएको छ। सञ्चार उद्यमीलाई परेका समस्याको समाधानका लागि सामूहिक प्रयास गर्ने तर कुनै संस्थाको आन्तरिक मामिलामा प्रवेश नगर्ने उदेश्य राखिएको छ।

एलाईन्सको तदर्थ समिति अध्यक्षमा एभिन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार, उपाध्यक्षमा राजधानीका अध्यक्ष महेन्द्र शेरचन र माउन्टेन टेलिभिजनका राजु कँडेल, महासचिवमा ईमेज च्यानलका सिईओ लक्ष्मण हुमागाईँ, कोषाध्यक्षमा प्रम्प्रेसन पब्लिकेसनमा सिईओ उज्ज्वल शर्मा रहेका छन्।

सदस्यहरुमा जनता प्रकाशनका डा. विजय पौडेल, प्राईम टेलिभिजनका ऋषि धमला, एपी वान टेलिभिजनका राजेन्द्र शाक्य र नेपाल रिपब्लिक मिडियाकी सम्वृद्धि ज्ञवाली छन्। यस्तै समितको सल्लाहकारमा नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवाली र अन्नपूर्ण नेटवर्कका अध्यक्ष रामेश्वर थापा रहेका छन्। nagariknews.nagariknetwork बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार