सांसद सुवाललाई कोरोना संक्रमण

काठमाडौँ । सांसद प्रेम सुवाललाई कोरोना संक्रमण भएको छ। भक्तपुर १ बाट प्रतिनिधिसभाका लागि निर्वाचित सांसद सुवालले संक्रमणपछि आफु ‘होम आइसोलेसन’ मा रहेको बताए।

उनले आफुमा भाइरस संक्रमणको कुनै लक्षण नदेखिएको बताए। एक जना साथिलाई कोरोना देखिएपछि सुवालले पिसिआर परीक्षण गराएका थिए। उनले दुई सातादेखि भेटघाट बन्द गरेका थिए। उनी मजदुर किसान पार्टीका सचिव समेत हुन्। नागरिक न्यूजबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार