सिन्धुपाल्चोक र बागलुङ संकटग्रस्त क्षेत्र घोषित , घर बनाउन ६ अर्ब

काठमाडौं ।सिन्धुपाल्चोक र बागलुङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । । सरकारले ती दुई जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयाँमा पुर्ननिर्माणका काम अगाडि बढाइने परराष्ट्रमन्त्री, सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो।

विपद व्यवस्थापन प्राधिकरणको अगुवाईमा पुर्ननिर्माणको काम सुचारु हुने उहाँले जानकारी दिनुभयो। यसैगरी ,बाढी पहिरोको कारण ठुलो क्षती ब्यहोरको म्याग्दीलाई सरकारले बेवास्ता गरेको भन्दै जिल्लाबासील सरकारको चर्को आलोचना गरेका छन् । उनिहरुले बाढी पहिरोले ठुलो क्षति ब्यहोरे पनि संकटग्रस्त क्षेत्र घोषणा नगरेको भन्दै सरकारको चौतर्फी चर्को आलोचना गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय ,म्याग्दीका अनुसार गत असार १ गतेदखि हालसम्म म्याग्दीमा बाढी पहिरोबाट २९ जनाको मृत्यु भएको छ भने ६ जना अझै वेपत्ता रहेका छन् । यसअघि राहत वितरणमा ढिलाई गरेको भन्दै पीडित परिवारले गुनासो समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार