सिपिएलको सेमिफाइल आज

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तालावाजले फाइनल प्रवेशका लागि आज ट्रिन्बागो नाइटा«डर्ससंग प्रतिस्पर्धा गर्दैछ । ब्रायन लारा क्रिकेट स्टेडियममामा हुने तालावाज र नाइटा«डर्सबीचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार बलुका पौने आठ बजेबाट सुरु हुने छ ।

जमैका लिग चरणमा दश खेलमध्ये जम्मा ३ खेलमा जीत र एक खेलमा अंक बाड्दै अकंतालिकाको चौथौ स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो । शतप्रतिशत जीतसहित टेबल टप गरि सेमिफाइनल पुगेको ट्रिन्बागोसंगको प्रतिस्पर्धा जमैकाका लागि फलामको च्युरा चपाउनु जस्तै कठिन हुनेछ । आन्द्रे रसेल, ग्लेन फ्लिप्स, आसिफ अलि जस्ता स्टार ब्याट्सम्या भएतापनि प्रतियोगिताको सुरुवातबाटनै जमैकाको ब्याटिङ अडर चल्न सकेको छैन् ।

पहिलो सेमिफाइनल खेलको विजेताले फाइनलमा स्थान बनाउने छ । दोस्रो सेमिफाइनलमा गुएना अमेजन वारियार्स र सेन्ट लुसिया जोउक्स भिड्ने छन् । दोस्रो सेमिफाइनल आजै राति सवा ३ बजेबाट सुरु हुने छ । नेपालका ग्लोबल आइकन सन्दीपले लिग चरणको १० खेल खेल्दै ९ इनिङस बलिङ गर्दा १२ विकेट लिन सफल भएका छन् । एक खेलमा बर्षाले गर्दा सन्दीपले बलिङ गर्न पाएनन् । यस सिजन निकै राम्रो ¬(५.०५) इकोनमिमा बलिङ गर्दै आएका सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पाचौं स्थानमा छन् । नागरिक न्यूजबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार