सुदूरपश्चिम प्रदेशमा करिब ५७ सयले जिते कोरोना

धनगढी । सुदूरपश्चिम प्रदेशमा झण्डै पाँच हजार सात सयले कोरोना जितेका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सोमवार थप ८ जनाले कोरोना जितेको जानकारी दिए।

उनका अनुसार डोटीबाट चार, कञ्चनपुरबाट तीन र बैतडीबाट एक जनालाई सोमवार डिस्चार्ज गरिएको हो। योसंगै प्रदेशमा पाँच हजार ६ सय ७३ संक्रमितले कोरोना जितेका छन्।प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ६ सय ६९ जना निको भएर घर फर्किएका छन्।यस्तै डोटीका नौँ सय १४, अछामका नौँ सय १२, कञ्चनपुरका ६ सय ८३ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।

बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ६६, बैतडीका तीन सय २६, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा शुक्रवारसम्म कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ७८ पुगेको छ। संक्रमण पुष्टि भएका १४ जना संक्रमितको मृत्यु भईसकेको छ।dineshkhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार