सैलुन खोल्न माग गर्दै सडकमा नाई श्रमिकद्वारा प्रदर्शन

काठमाडौं । देशभरका सैलुन र पार्लर खोल्ने वातावरण तयार गर्न माग गर्दै राष्ट्रिय नाई ट्रेड युनियनले मंगलबार राजधानीमा प्रदर्शन गरेको छ । सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाका कारण लामो समयदेखि सैलुन र पार्लरहरु बन्द रहेका छन् ।

युनियनले प्रदर्शन गर्दै श्रमिकहरुको कम्तिमा पचास लाखको जीवन बीमा गर्न, निःशुल्क पीपीई सेट उपलब्ध गराउन, नाई श्रमिकहरुलाई राहतको व्यवस्था गर्न, लकडाउन अवधिभर नाई श्रमिकहरुको बैंक ब्याज मिनहा गर्नलगायत माग गरेका छन् । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार