७ वर्षीया नाबालिका बलात्कारको आरोपमा एकजना पक्राउ

उदयपुर । उदयपुरमा ७ वर्षीया नाबालिका बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बेल्टार, उदयपुरको प्रहरी टोलीले बलात्कारको आरोपमा ३५ वर्षीय किरण राईलाई पक्राउ गरेको हो ।

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ वस्ने ७ वर्षीया नाबालिकालाई आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेको आरोपमा झापा विर्तामोड घर भई उदयपुर चौदण्डीमा नै बस्ने राई पक्राउ परेका हुन् ।

असोज ८ गते भएको घटनाको सुचना पाएपछि ईलाका प्रहरी कार्यालयको टोलीले शनिबार राईलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार