८ प्रहरी सहित गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि

कास्की । आठ जना नेपाल प्रहरी सहित गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको गरिएको परिक्षणमा गण्डकी प्रदेशका चार जिल्लामा गरी थप ५० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३१६६ पुगेको छ । कोरोना संक्रमित मध्ये कास्कीमा २९ जना ,बागलुङमा ३ जना ,तनहुँमा ५ जना र गोरखामा १३ जना रहेका छन् ।

संक्रमित मध्ये पोखरा महानगरपालिका–४ का ८ जना पुरुष नेपाल प्रहरी रहेका छन् । पोखरा महानगरपालिका–१५ का ४० बर्षका २ जना पुरुष, वडा नम्बर २७ का २८ बर्षीय पुरुष, वडा नम्बर ६ का २१ बर्षीय पुरुष गरि ४ जनामा देखिएको छ । चार जना संक्रमित भारतबाट आई क्वारेन्टाइनमा बसेका छन् ।

यसैगरी ,इलामबाट आएर क्वारेन्टाइनमा रहेका रुपा–१ का २७ बर्षीय पुरुष, वडा नम्बर १ का २५ बर्षीय महिला पृथ्वीचोक स्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन् । तनहुँ जिल्ला, घिरिंगका तिनैजना पुरुष भारतबाट आएर क्वारेन्टाइनमा रहेका छन् ।
बागलुङको गल्कोट–३ र बागलुङ–१ का क्रमश ३७ र ४६ बर्षीय गरि २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ निर्देशनालयका अनुसार अन्य सबै संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार