अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ

बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ८ स्थित काफलडाँडाका ३१ बर्षिय अम्बर गर्बुजा एक नाले भरुवा बन्दुक सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय घोडेपानीका प्रहरी सहायक निरिक्षक रबि आचार्यको नेतृत्वमा खटिएको टोलिले गर्बुजालाई पक्राउ गरेको हो ।

अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाका आधारमा खान तलासी गर्दा अवैध एक नाले भरुवा बन्दुक ,१७ थान गोली ४४ थान फलामका टुक्राहरु ,१०० ग्राम बारुद्ध समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । थप अनुसन्धानका लागि गर्बुजालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार