अन्तराष्ट्रिय राजनिति राष्ट्रिय समाचार समाज

कांग्रेसको युरोप र अफ्रिकी महादेशमा शाखा गठन

काठमाडौँ । कांग्रेसको विदेशस्थित जनसम्पर्क समितिको सञ्जालले युरोप र अफ्रिका महादेशमा शाखा गठन गरेको छ । सञ्जालको हालै सम्पन्न भर्चुअल बैठकले बेलायत निवासी शेखर कँडेलको नेतृत्वमा युरोप र विष्णुदत्त भट्ट नेतृत्वमा अफ्रिका शाखाको गठन गरेको हो ।

युरोप समितिको उपसंयोजकमा बेलायत निवासी तस्बिर लामा र जर्मनी निवासी विजय मोक्तान छन् । महासचिवमा डेनमार्क निवासी यमलाल सुवेदी, पोर्चुगल निवासी सुरेन्द्र अमगाई र बेलायत निवासी कृष्ण खरेललाई सहसचिवको जिम्मेवारी दिइएको छ । त्यस्तै नर्वे निवासी विष्णु माया अधिकारी कोषाध्यक्ष र स्पेन निवासी अञ्जु तिमिल्सिनालाई सहकोषाध्यक्ष बनाइएको छ ।

त्यस्तै सात जना सदस्हरु पनि मनोनयन भएका छन् । अफ्रिका शाखामा भने पदाधिकारी तथा सदस्यहरु पछि मनोनयन गरिने भएको जनसम्पर्क विश्व सञ्जालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । समितिका अध्यक्ष विष्णु सुवेदीले संगठन सुधार र पार्टीको अन्तर्राष्ट्रियस्तरमा प्रभाव बढाउन छिट्टै अन्य महादेशमा पनि शाखा गठन गर्ने जानकारी दिए ।ekantipurबाट साभार

सम्बन्धित समाचार

thumbnail

चीनमा ग्यास बिस्फोटनमा परेर १२ जनाको मृत्यु , १०० भन्दा बढी घाइते

वुहान । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीयअधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल…

thumbnail

नेपाली अमेरिकन सामुदायिक केन्द्रमा नयाँ कार्यसमिति

अमेरिका । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले यहाँ रहेका नेपाली बालबालिकामा नेपालप्रति माया गर्ने भावनाको विकास हुनुपर्ने बताउनुभएको छ । अमेरिकाको डीसीमा स्थापित नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) को दोस्रो वार्षिक…

thumbnail

भारतीय सेनाद्धारा नेपाली सेनालाई करिब २९ करोडको स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई २८ करोड ८० लाख भन्दा बढी मुल्य बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ। छिमेकी पहिलो नीति अन्तर्गत भारतीय सेनाले प्रदान गरेको स्वास्थ्य सामाग्री तथा…