ढोरपाटनका २५ वर्षीय संक्रमितको मृत्यु, बागलुङमा मृतकको संख्या ३ पुग्यो

बागलुङ । कोरोना संक्रमणबाट जिल्लाको ढोरपाटन नगरपालिका–७ का २५ वर्षीय युवाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । उनको बिहिबार राती पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको बताइएको छ ।

मृतक युवा सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत रहेका र उन गत २५ गते अस्पताल भर्ना भएका भएका थिए भने २७ गते उनीमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

योसँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । बागलुङमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा बागलुङ नगरपालिका वडा नम्बर १ का ३८ वर्षीय पुरुष र वडा नम्बर ४ का ४५ वर्षीय पुरुष रहेका छन् । baglungpostबाट साभार

सम्बन्धित समाचार

thumbnail

थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४ सय ९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय १४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

थप २८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९ सय १४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…