काेराेना अपडेट मुख्य समाचार राष्ट्रिय समाचार समाज स्वास्थ्य

बीपी कोइराला प्रतिष्ठानमा थप चार जना संक्रमितको मृत्यु

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप चार जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरानका दुई जना, इटहरी र तेह्रथुमका एक–एक जना रहेका छन् ।

सुनसरीको धरान–९ की ४४ वर्षीया महिलाको गत असोज २७ गते संक्रमण पुष्टि भएको थियो । उनमा कुनै दीर्घ रोग थाहा नभएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् । त्यस्तै, धरान–९ कै ५८ वर्षीय पुरुषको पनि निधन भएको छ । उनमा गत असोज २५ गते संक्रमण पुष्टि भएको थियो ।

यता, इटहरी–२० का ७५ वर्षीया महिलाको पनि आज बिहान निधन भएको छ । उनमा गत २६ गते संक्रमण पुष्टि भएको थियो । तेह्रथुकमकी ३१ वर्षीया महिलामा गत १० गते संक्रमण पुष्टि भएकोमा आज बिहान उपचारको क्रममा निधन भएको हो । उनलाई मिर्गौलाको समस्या थियो ।रातोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

भरतपुर अस्पतालमा थप दुई संक्रमितको मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-१७ बस्ने ७७ वर्षीय पुरुष र मकवानपुरको हेटौंडा-१० का ५७ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी…

thumbnail

कोरोनाबाट जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत सईको मृत्यु

रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरी नायब निरीक्षक (सई)को कोरोना संक्रमणका कारण बिहीबार मृत्यु भएको छ। जिप्रका रोल्पामा कार्यरत रहेका ४२ वर्षीय यज्ञमणि वैदिकको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा ज्यान…

thumbnail

पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय १४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको…

Write a Reply or Comment