काेराेना अपडेट बेनी नगरपालिका मुख्य समाचार म्याग्दी म्याग्दी न्युज विशेष राष्ट्रिय

म्याग्दीमा नेपाली सेनाका २ जनामा कोरोना संक्रमण पुष्टि

म्याग्दी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका–६, अर्थुङे स्थित श्रीबक्स गुल्मको क्वारेन्टाइनमा बसेका नेपाली सेनाका दुई जवानमा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं र रौतहटबाट सरुवा भएर गुल्मकै क्वारेनटाइनमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित दुई जनालाई खुल्लामञ्चको आइसोलेसन कक्षमा राखिएको छ ।

असोज १३ गते म्याग्दीमा आएर ब्यारेकभित्र रहेका सेनाको १८ गते स्वाब संकलन गरिएको थियो । यस अगाडी पोखराबाट सरुवा भएर आएका एक प्रहरी जवानमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो । म्याग्दीमा विदेशबाट आएका ४९ जना र १ प्रहरी निको भएर घर फर्किएका छन् ।

सम्बन्धित समाचार

thumbnail

पछिल्लो २४ घण्टामा देशभर ५७४३ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७ सय ४३ संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो । यस संगै नेपालमा कोरोना संक्रमितको…

thumbnail

सुनसरीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

सुनसरी । सुनसरीमा कोरोना संक्रमित ५५ वर्षीया एक महिलाको मृत्यु भएको छ । गढी गाउँपालिका–४ बस्ने उच्च रक्तचापकी दीर्घरोगी महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।…

thumbnail

धरानमा थप २ जना कोरोना संक्रमितको मृत्यु

धरान । धरानमा मंगलबार दिउँसो थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा दुवैको मृत्यु भएको हो। प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार…

Write a Reply or Comment