आर्थिक मुख्य समाचार राष्ट्रिय समाचार समाज स्वास्थ्य

वीपी प्रतिष्ठानले कोरोना संक्रमितको उपचार गर्न धरौटी र शुल्क तोक्यो

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि कोरोना संक्रमित विरामीको लागि धरौटी र दैनिक शुल्कको दररेट तोकेको छ।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार संक्रमितलाई भर्ना गरेर उपचार गर्नको लागि धरौटी रकम र शुल्क लिने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका अनुसार कुनै लक्षण नभएका संक्रमितलाई ७ हजार धरौटी राख्नुपर्नेछ भने प्रतिदिन २ हजार शुल्क तिर्नुपर्नेछ। हल्का लक्षण भएकाले १२ हजार धरौटी भर्ना हुनु अघि नै राख्नुपर्नेछ भने प्रतिदिन ३५ सय शुल्क तिर्नुपर्नेछ। मध्यम लक्षण भएका विरामीले ३५ हजार धरौटी बुझाउनुपर्नेछ भने प्रतिदिन शुल्क ७ हजार ५ सय दिनुपर्नेछ। यस्तै, गम्भीर लक्षण भएका विरामीले ६० हजार धरौटी बुझाउनुपर्ने भएको छ भने प्रतिदिन १५ हजार शुल्क तिर्नुपर्नेछ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहका अनुसार यो निर्णय कार्तिक ९ गते आइतबारदेखि लागु हुनेछ। संक्रमित विरामी प्रतिष्ठानमा भर्ना हुनु अगावै धरौटी बुझाउनुपर्ने छ। यस्तै, प्रतिष्ठानमा पिसिआर परीक्षणको लागि पनि २ हजार २ सय रुपैयाँ शुल्क लिने पनि निर्णय भएको छ। तर, आर्थिकरुपले विपन्न, अशक्त र असहाय नागरिक, असहाय एकल महिला, अपांगता भएका नागरिक, ज्येष्ठ नागरिकहरुहरुलाई लक्षण देखिएमा सिफारिस तथा परिचय पत्रको अधारमा निःशुल्क पिसिआर परीक्षण गर्ने पनि प्रतिष्ठानले जनाएको छ । nagariknews.nagariknetwork बाट साभार

सम्बन्धित समाचार

thumbnail

पाँच सयको सामानमा अढाइ लाख जरिवाना

वीरगञ्ज । भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा रु दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना सत्य हो । वीरगञ्ज महानगरपालिका–१६ बाइपासस्थित वैष्णो देवी मन्दिर…

thumbnail

पदमार्ग बनाउन प्रवासीले जुटाए ६५ लाख

बागलुङ । प्रवासीको सहयोगमा धार्मिक पर्यटकीय गन्तव्यस्थल बिहुँ र रामकोटमा पदमार्ग निर्माण थालिएको छ । काठेखोला गाउँपालिका–६ शान्तिचोकदेखि वडा नम्बर ५ रामकोटस्थित त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पदमार्गको बुधबार सन्त समाजका अध्यक्ष स्वामी…

thumbnail

चन्द्रागिरीले साधारण शेयर बिक्री गर्ने

काठमाडौं । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यसाथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै काठमाडौं उपत्यकामा केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरी हिल्स लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । सो कम्पनीले…

Write a Reply or Comment