अवैध जडीबुटीसहित पक्राउ परेकामाथि कारबाही सुरु

बागमती । प्रतिबन्धित जडीबुटीको ट्रकसहित पक्राउ परेका तीन जनामाथि डिभिजन वन कार्यालय राप्ती मनहरी मकवानपुरले आजदेखि आवश्यक अनुसन्धान एवं कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

इलाका प्रहरी कार्यालय पालुङ र डिभिजन वन कार्यालय पालुङबाट खटिएको टोलीले अवैधरुपमा ओसारपसार गरिरहेको अवस्थामा बा४ख ९६३२ नम्बरको ट्रकसहित तीन जनालाई पक्राउ गरेको थियो । पक्राउपर्नेमा ट्रक चालक थाहा नगरपालिका–७ का १९ वर्षीय राजकुमार गोले, ट्रकमा सवार रहेका उक्त स्थानका ५१ वर्षीय बुद्धीलाल थिङ र १८ वर्षीय रमेश थिङ रहेको बताइएको छ ।

थाहा नगरपालिका–७ बाट डाँडाबासतर्फ आउँदै गरेको सो नम्बरको ट्रकलाई एक्कासी जाँच गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा अवैध जडीबुटी बरामद भएपछि निजलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी कारवाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार