अवैध लागूऔषध कारोबारमा संलग्न १० जना पक्राउ

काठमाडौं । अवैध लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ लिङकगेटबाट करिब ३ किलो अवैध लागूऔषध अफिम जस्तो देखिने बस्तु सहित रुकुम (पश्चिम) वाफिकोट गाउँपालिका–८ दुली बस्ने ३५ वर्षीय लाले भन्ने लाल बहादुर खत्रीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपाल–भारत सिमामा प्रहरीले जाँच गर्ने क्रममा नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनको झोलाबाट उक्त वस्तु सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी कपिलवस्तुकै कृष्णनगर नगरपालिका १ कुकुरभुकुवाबाट नियन्त्रित लागूऔषध २ सय २५ ट्याबलेट नाइट्राजेपाम र ३ सय ट्याब्लेट ट्रामाडोल हाईड्रोक्लोराईड सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका–३ बस्ने २१ वर्षीय विजय बानिया र सोही उपमहानगरपालिका९१४ बस्ने २१ वर्षीय आकाश गुप्ता रहेका छन् । ईलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल नेपाल बिओपी कृष्णनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको हेटौडा उपमहानगरपालिका९१५ चुरियामाईस्थित सडकबाट नियन्त्रित लागूऔषध २ सय ७५ पिस नाईट्रोभेट र १० बोतल उइनसिरेक्स सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका९११ थाना भर्‍याङ बस्ने ४० वर्षीय सिताराम लामिछाने र सोही उपमहानगरपालिका९१९ बसामाडी बस्ने ३९ वर्षीय दिनेश भण्डारी रहेका छन् । वीरगजंबाट हेटौंडा बजारतर्फ आउदै गरेको ना.२५ प ६९५७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक लामिछाने र मोटरसाइकलमा सवार भण्डारीलाई पक्राउ गरेको हो ।

यसैगरी मकवानपुरकै हेटौंडा उपमहानगरपालिकाको विभिन्न स्थानबाट नियन्त्रित लागूऔषध सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१७ हटिया बस्ने २७ वर्षीय दिपेस भुजेल, सोही उपमहानगरपालिका १० राप्तीरोड बस्ने २६ वर्षीय एलिस श्रेष्ठ र सोही उपमहानगरइपालिका ६ गौरीटार बस्ने २३ वर्षीया नम्रता चौलागाई रहेका छन् । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले भुजेलको साथबाट नियन्त्रित लागूऔषध ९५ पिस नाइट्रोभेट, श्रेष्ठको साथबाट १३ एम्पुल डाइजेपाम, १६ एम्पुल फनारागन, १५ एम्पुल नुर्फिन र चौलागाईको साथबाट ७५ पिस नाइट्राभेट फेला पारेको हो ।

सर्लाही, लालबन्दी नगरपालिका–१ बागवानीबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा र धारिलो हतियार तलवार सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हरिवन नगरपालिका९२ डाबरी बस्ने २० वर्षीय श्रवन महतो र सोही ठाउँ बस्ने १९ वर्षीय बद्री महतो रहेका छन् । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले डाबरीबाट बागवानी जंगलको बाटो हुँदै आउँदै गरेको प्रदेश २–०–३ ००१ प ८०६३ नम्बरको मोटरसाइकललाई जाँच गर्दा झोलामा पोका पारी राखेको अवस्थामा उक्त गाँजा र हतियार सहित फेला पारी मोटरसाइकल चालक श्रवन र बद्रीलाई पक्राउ गरेको हो । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार