अष्ट्रियामा आफ्नै आमाद्वारा तीन सन्तानको हत्या

काठमाडौँ । अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरे पछि विदेशमा बस्ने नेपाली समुदाय स्तव्ध छ।

अष्ट्रियाबाट प्रकाशन हुने क्रोने अनलाइनले ३१ वर्षिया एक नेपाली महिलाले आफ्नै अपार्टमेन्टमा तीन बच्चाहरुको हत्या गरेको समाचार सार्वजनिक गरे पछि विश्वभर सनसनि फैलिएको छ।

गैरआवासीय नेपाली संघ अष्ट्रियाको उच्चस्रोतका अनुसार हत्याको अभियोग लागेकी बुटवल घर भएकी ३१ वर्षिया चन्द्रा भट्टराई अर्याल हुन्। स्रोतका अनुसार अर्याल दम्पतीमा लामो समयदेखि पारिवारीक समस्या थियो। उनीहरुको परिवार गुल्मीबाट वुटवल सरेको थियो। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार