आफ्नो सवारी चालकमा कोरोना संक्रमणपछि उर्जामन्त्री पुन आइसोलेसनमा

काठमाडौं । उर्जा, सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुन आइसोलेसनमा बसेका छन् । आफ्नो सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री पुन सहित उनको परिवार पुल्चोकस्थित मन्त्री क्वाटरमा आइसोलेसनमा बसेको हो ।

यसवर्षको दसैँमा आफ्नो निर्वाचन क्षेत्र रोल्पा जाने तयारीमा रहेका मन्त्री पुनले जिल्ला जाने कार्यक्रम स्थगित गरेका छन् भने कोरोना संक्रमण भए नभएको पत्ता लगाउन पीसीआर परीक्षण गराउने तयारीमा रहेका छन् । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार