उद्योग बाणिज्य महासंघमा चुनावी महोल तात्यो, ३ ठाउँमा मतदान हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चुनावी तालिका सार्वजनिक गरेको छ । महासंघको ५४ औँ वार्षिक साधारणसभा यहि मंसिर ११, १२ र १३ गते हुँदैछ । साधारण सभाको उद्घाटन मंसिर ११ गते दिउँसो ४ बजे भर्चुअल माध्यमबाट हुनेछ ।

यस्तै साधारणसभाको बन्दसत्र मंसिर १२ गते बिहान ९ बजे हुनेछ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र कार्यकारिणी समितिको सदस्यको लागि निर्वाचन मंसिर १३ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की ब्याङकेट बबरमहल र नेपाल उद्योग बाणिज्य महासंघ टेकुमा छुट्टा छुट्टै हुनेछ । स्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरी सो तीन स्थानमा निर्वाचन गरिने महासंघले जनाएको छ ।

निर्वाचनको लागि उम्मेदवारी मनोनयन गर्न इच्छुक सदस्य, संघ, संस्थाले गत आवको बार्षिक सदस्यता शुल्क र उम्मेदवारी शुल्क सहित मनोनयन पत्र र प्रतिनिधिपत्र साधारणसभा हुनुभन्दा ७ दिन अघि अर्थात मंसिर ४ गते साँझ ५ बजेभित्र महासंघको सचिवायल टेकुमा दर्ता गराइ सक्नुपर्नेछ ।

महासंघका वरिष्ठ अध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । यसकारण वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकाल गरी दुई समूह चुनावी मैदानमा छन्। रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार