ओजे कोरियन कस्मेटिकको सातौं शाखा बुटवलमा

बेनी । ओजे कोरियन कस्मेटिकको सातौं शाखा बुटवलमा विस्तार गरिएको छ ।दक्षिण कोरियामा उत्पादन भएका ब्राण्डलाई नेपाली बजारमा ल्याउने उद्धेश्यले बुतवलको सुंदरचोकमा सातौं शाखा विस्तार गरिएको हो । शाखाको ओजे गुप्र प्रा.लिका अध्यक्ष ओमनारायण जुग्जालीले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको छ ।

कम्पनीमार्फत कोरियाको बजारमा रहेका उच्च गुणस्तरीय सामानहरु उपलब्ध रहेको छ । ठूला देशमा उत्पादनको बजार प्रबद्र्धन गर्न नेपाल एउटा राम्रो माध्यम बन्ने कम्पनीका अध्यक्ष जुग्जालीको भनाई छ ।यसअघि काठमाण्डौको ठमेल, दाङको घोराही, पोखराको न्यूरोड,जमलको विश्वज्योती महल, ललितपुरको पुलचोक र चितवनको टाँडीमा शाखा विस्तार गरिएको छ ।

यसैगरी कम्पनीले अब धरान ,नेपालगंज र झापामा पनि छिट्टै शाखा विस्तार गर्ने जनाएको छ । अधिकांश कस्मेटिकहरू छालालाई सफा गर्ने, छालाको पुरानो मृत कोषलाई हटाएर नयाँपन दिने, दैनिक प्रयोग गर्नेदेखि लिएर हप्ता हप्तामा प्रयोग गर्नेसम्मका रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार