कर्मचारीमा कोरोना देखिएपछि मंगला गाउँपालिकामा अत्याबश्यक बाहेकका सेवा बन्द

म्याग्दी । कर्मचारीमा कोरोना देखिएपछि म्याग्दीको मंगला गाउँपालिकाले अत्याबश्यक बाहेकका सेवा प्रवाह बन्द गरेको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कार्यालयले अत्याबश्यक र आन्तरिक काम बाहेकको अन्य सेवाहरु बन्द गरेको हो । आइतवार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै गाउँपालिकाले अर्को सूचना नहुँदासम्मको लागि कार्यालयको सेवा प्रवाह रोकेको जनाएको छ ।

संक्रमित कर्मचारीको सम्पर्कमा रहेका अन्य कर्मचारीहरुलाई होम क्वारेनटाइनमा राखिएको र स्वाब संकलन गरि पिसीआर परिक्षण गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार, संक्रमित कर्मचारीको कन्ट्याक ट्रेसिङमा परेका अन्य कर्मचारी होम क्वारेनटाइनमा बसेका छन् । गाउँपालिकाबाट बेनीको होल्डीङ सेन्टरमा खटिएका पुरुष कर्मचारीले कोरोनाको लक्षण देखिएपछी पीसिआर परिक्षणा गरेका थिए ।

कन्ट्याक ट्रेसिङका क्रममा मंगला गाउँपालिका–५ का ती २४ बर्षिय पुरुष र मंगला गाउँपालिका–४ की २६ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लाबाट बाहिर गएर पिसीआर जाँच गरेकाहरुमा कोरोना संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक ट्रेसिङमा परेकाहरुमा कोरोना पुष्टि भएसंगै जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार