कालिकोटको शुभकालिका गाउँपालिकाले विपन्नलाई उपलब्ध गरायो दसैँ राहत

मान्मा । कालिकोटको शुभकालिका गाउँपालिकाले गाउँपालिकाभित्रका अतिविपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई दसैँ राहत उपलब्ध गराएको छ । दसैँ तिहारमा खर्च टार्न कठिन भएका गाउँपालिकाभित्रका २ सय १० जनालाई राहत उपलब्ध गरिएको हो ।

उक्त वर्गका व्यक्तिलाई उपाध्यक्ष कार्यक्रमअन्तर्गत दसैँका बेला राहतस्वरुप खाद्यान्न उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईँले बताए । उनले गाउँपालिकाले कोरोना कहरका कारणले दसैँमा भीडभाड, टीका थाप्न नजान, जहाँ छौँ त्यही दसैँ मानाउनका लागि नागरिकसँग आग्रह गरिएको जानकारी दिए ।

“भीडभाड गर्दा कोरोना संक्रमणको दर बढ्ने खतरा रहेको छ”, उनले भने, “कोरोना रोकथाम र नियन्त्रणका लागि मेला, जात्रामा भीडभाड नगर्न सबैलाई आग्रह गरेका छौँ ।” नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार