गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीद्वारा दसैंभत्ता कोरोना कोषमा जम्मा

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले यसपालिको दसैंभत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन् । गण्डकी प्रदेश सरकारको बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठक ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीसहित सात मन्त्रीको दसैंभत्ता कोभिड–१९ उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । एक महिनाको पारिश्रमिकबराबर आउने भत्ता विगतका दसैंमा पनि मुख्यमन्त्री तथा मन्त्रीहरूले सरकारकै कोषमा जम्मा गरेको उनको भनाइ छ ।

यसै गरी बैठकले प्रदेश सरकारले गर्दै आएको कोरोना संक्रमितको उपचार र व्यवस्थापनलाई निरन्तरता दिने निर्णय गरेको पनि मन्त्री बस्नेतले बताए । यससम्बन्धमा सामाजिक सञ्जालमा व्यक्त भएका प्रतिक्रियाको विश्वास नगर्न उनले आग्रह गरे । बैठकले दसैंतिहारलगायत चाडपर्व मनाउँदा सामाजिक दुरी कायम गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्नसमेत आग्रह गरेको छ । ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार