गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

कास्की । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा १८ जना संक्रमितहर थपिएका हुन्। यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१०५ पुगेको छ । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेकोस्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

यसैगरी नवलपरासी (ब.सु.पू) जिल्ला, गैंडाकोट–७ का ५० बर्षीय पुरुषको ४ गते बिहान ९:५६ बजे चितवन मेडिकल कलेज, चितवनको कोभिड आई.सि.यु.मा उपचारको क्रममा निधन भएको स्वास्थ्य कार्यालय, नवलपरासी (ब.सु.पू) ले जनाएको छ ।

म्याग्दी जिल्ला, धौलागिरी–७ का ८५ बर्षीय पुरुषको ४ गते रातको ८:२५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको कोभिड आई.सि.यु.मा उपचारको क्रममा निधन भएको जानकारी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराले जनाएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार