गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

कास्की । गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा नयाँ ४३ जना कोरोना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

जसअनुसार तनहुँका ९, लम्जुङका ५, नवलपरासीका २६, गोरखा, स्याङ्जा र बाग्लुङका एक एक रहेका छन । यीसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४०५९ पुगेको छ । चितवन मेडिकल कलेज, चितवनबाट कोरोनाको संक्रमण पहिचान भएका सबैजना सोही अस्पतालको आईसोलेसनमा रहेका छन ।

तनहुँको सुक्लागण्डकीका सबै संक्रमित तनहुँस्थित बि।पी।कोईराला श्वासप्रश्वास उपचार केन्द्रमा कार्यरत चिकित्सक, अनमी, सुरक्षागार्ड, लेखा र प्रशासनका कर्मचारी रहेका छन । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार