गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

कास्की । गण्डकी प्रदेशमा थप ५२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले आज बिहान पोखरामा ८ सहित थप ५२ जनामा संक्रमण देखिएको पुष्टि गरेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको विवरण अनुसार तनहुँँमा १६ जना, गोरखाका ३ जना, स्याङजाका ५ जना, लमजुङका १ जना र नवलपुरका १९ जना गरि थप ५२ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका ९ का २ महिला, १० का १ पुरुष तथा २ महिला, १४ की १ महिला, १६ का १ पुरुष र २१ की १ महिला, तनहुँको शुक्लागण्डकीका ४ वटा वडाका ४ पुरुष तथा ३ महिला, ब्यास २ र ४ का ४ पुरुष तथा ४ महिला, भानुकी १ महिला रहेका छन् । यससगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ८५ पुगेको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार