गण्डकी प्रदेशमा ९२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा ९२ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । संक्रमित स्वास्थ्यकर्मीहरु अहिले होम आइसोलेसनमा रहेर उपचार गराइरहेका गण्डकी प्रदेशको कोरोना फोकल पर्सन डा.राम बहादुर केसीले जानकारी दिए ।

प्रदेशमा रहेको कोरोना संक्रमितमध्ये १० जना संक्रमणमुक्त भएको उनले बताए । प्रदेशका जिल्लाहरु मुस्ताङ र म्याग्दीमा अहिलेसम्म कोही पनि स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएको छैन ।

त्यस्तै सबैभन्दा बढी कास्कीमा २३ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । नवलपरासी (सुस्तापूर्व) मा १५ जना र तनहुँमा १४ जना संक्रमित भएको डा। केसीले बताए । मनाङ र गोरखामा ११ जना, पर्वत १२ जना रहेका छन् । लमजुङ १० जना, स्याङजा ४ जना र बाग्लुङमा १२ जना स्वास्थ्यकर्मीहरु संक्रमित रहेका छन् । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार