गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने

कास्की । गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको उपचारबाट पछाडी नहट्ने जनाएको छ । आफ्ना प्रेस सल्लाहकार बिक्रम न्यौपानेको फेसबुक स्टाटस शेयर गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजोको दिनमा पनि कोरोना उपचारको जिम्मा प्रदेश सरकारले नै लिएको र अबको दिनमा पनि कोरोना संक्रमितहरुको उपचारको जिम्मा प्रदेश सरकारले नै लिने बताउनुभएको छ ।

संघिय सरकारले जनताको उपचार खर्च नब्यहोर्ने घोषणा गरेसँगै आलोचित हुन पुगेको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका प्रेस सल्लाहकार न्यौपानेले प्रदेशभर ३८ स्थानको आइसोलेसनमा कोरोना संक्रमितहरुको निशुल्क उपचार भईरहेको जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार